भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरु, भाषामाथिको प्रहारदेखि सजग रहन सूझाव

नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरु, भाषामाथिको प्रहारदेखि सजग रहन सूझाव

भक्तपुर । हरेक वर्ष दशैंको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरु भएको छ । जनता म्वासा भाषा म्वाई अर्थात जनता रहे भाषा रहन्छ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको आयोजकले बताएको छ ।

ल्लसिंख्यः त्वालयमा संचालन भएको ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या व साँंस्कृतिक ब्वज्या सम्मेलनमा राजनितिज्ञ, साहित्यकार, पत्रकार, वकिल, जलश्रोतविज्ञ, कानुनविद्हरुको उल्लेख्य सहभागिता रहेको छ ।

आज जेष्ठ नागरिक एवं साँस्कृतिक गुरु राम घेमसुले सम्मेलनको उद्घाटन गरे । यसैबीच ६२ औ विराट नेपालभाषा साहित्य सम्मेलन विकुमःछें मा सुरु भएको छ । विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको आयोजनामा आफनै नवनिर्मित भबनमा सम्मेलन सुरु गरिएको हो ।

सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहित प्रमुख अतिथि रहेका छन् । कार्यक्रममा नयाँ पुराना साहित्यकारले विभिन्न भाषामा आफ्ना रचना वाचन गरेका छन् । सम्मेलनमा नाटक, विभिन्न साँस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा प्रतियोगिताको रुपमा विभिन्न साँस्कृतिक प्रस्तुती रहने छन् । उत्कृष्ट साहित्यकार, कलाकार तथा लेखकलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.