जनकपुर । लाठी प्रहारबाट घाइते नेकपा प्रचण्ड–माधव समूहका नेता रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
बिहीबार आमहड्ताल गरेको नेकपा प्रचण्ड–माधव समूह र प्रहरीबीच जनकपुरधामको शिव चोकमा झडप भएको थियो । बन्दकर्तामाथि प्रहरीले बल प्रयोग गर्दा नेता रामचन्द्र झाको टाउको फुटेको छ ।
घाइतेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गरिएकोमा थप उपचारका लागि चारै जनालाई बुद्ध एयरको विमानबाट काठमाडौं लगिएको हो । अहिले उनीहरुको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
