काठमाडौँ । देशका पहाडी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेकाले मौसम बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको भने दिउसो अन्य प्रदेशको पहाडी भूभागमा छिटफुट वर्षा हुने जनाएको छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना राति रहेको छ। शुक्रबार राति भने गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
