भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चरम अभाव भएपछि दमकलबाट पानी बाँड्दै उपभोक्ता समिति

चरम अभाव भएपछि दमकलबाट पानी बाँड्दै उपभोक्ता समिति

बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजार पाटन नगरपालिका–८ खोडपेमा खानेपानीको चरम अभाव भएको छ । पाँच दिनदेखि खानेपानीको चरम अभाव भएको हो ।

खानेपानी आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी योजनामामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको योजनाका सचिव मोहन बिष्टले जानकारी दिए ।लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको भए पनि हाल त्यस क्षेत्रको विद्युत्मा खराबी आउँदा खानेपानी सेवा अवरुद्ध भएको हो ।

खानेपानीको हाहाकार भएपछि होटेल व्यवसाय र कार्यालय समस्यामा परेका छन् । खानेपानीको समस्या समाधानको लागि पहल भइरहेको पाटन नगरपालिका–८ का वडाध्यक्ष हरिश बिष्टले बताए।

लिफ्टिङ प्रणालीबाट सञ्चालन भएको खानेपानी आयोजनामा समस्या हुँदै आएकाले खोडपेमा सधै खानेपानीको अभाव हुने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.