काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बिमा कम्पनीले सरकारकै निर्देशनलाई समेत अटेर गरेको पाईएको छ ।
कम्पनीले ८ वर्षदेखि नत वार्षिक साधारणसभा गरेको छ नत लेखापरीक्षण प्रतिवेदनसमेत पेस गरेको छ । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले नियुक्त गरेका डिल्ली अर्यालले सम्हालिरहेको बिमा कम्पनी अहिले यस्तो अवस्थामा आएको भनेर कटाक्षपनि भइरहेको छ ।
आर्थिक वर्ष २०७६/ ७७ को वित्तीय विवरण पेस गर्नु पर्ने समयमा आर्थिक वर्ष २०६९/७० कै लेखा परीक्षण यो कम्पनीले गराएको छैन । कोरोना बिमाको भुक्तानीमा समेत लापरबाही गरिरहेको बुझिएको छ ।
