भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

चर्को घाममा काम लगाउन प्रतिबन्ध

चर्को घाममा काम लगाउन प्रतिबन्ध

दोहा । कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले गर्मी महिनामा काम गर्ने समय तोकेको छ । खाडी क्षेत्रमा गर्मी बढेसँगै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरूका लागि १ जूनदेखि १५ सेप्टेम्बरसम्म समय सीमा तोकेको हो । कम्पनीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म काममा लगाउन नपाइने सार्वजनिक गरेको हो ।

प्रत्यक्ष घाममा काम गराउने कम्पनी र संस्थाहरू दैनिक काम गर्ने घण्टा निर्दिष्ट गर्न बाध्य भएका छन् ।कतारमा १ जुनदेखि १५ सेप्टेम्बरसम्म बिहान १० देखि ३ः३० बजेसम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन नपाइने नियम बनाइएको छ । उच्च गर्मीमा बाहिर काम गर्दा श्रमिकको ज्यान जाने खतरा भएको हुनाले कतार सरकारले घाममा काम लगाउन प्रतिबन्ध लगाएको हो ।

श्रमिकको दैनिक काम गर्ने तालिका बनाउन पनि कम्पनीहरूलाई मन्त्रालयले भनेको छ । सरकारले ३२ डिग्रीभन्दा माथि घाम भएको ठाउँमा खुला रूपमा काम गर्न प्रतिबन्ध लगाएको हो। श्रमिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सामाग्रीहरू कार्यस्थलमा अनिवार्य हुनुपर्ने नियम बनाएको छ । गर्मी महिनालाई ध्यानमा राख्दै श्रमिकले लगाउने लुगादेखि वार्षिक रूपमा निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउन पनि भनेको छ।

काम लगाउँदा श्रमिकको लुगा हावा छिर्ने पारदर्शी र खुकुलो हुनुपर्ने तथा काम लगाउनुअघि मेडिकल रिपोर्ट अनिवार्य हुनुपर्ने नियम बनाएको छ । मन्त्रालयले २०२१ को मन्त्रिपरिषद् निर्णय नम्बर १७ लागू गर्दै कामको समयमा कामदारलाई गर्मीबाट जोगाउन तथा तनावका खतराहरूबारे सचेतना अभियान सञ्चालन गरेको थियो ।

यसै महिनाको मध्यदेखि एमओएलको श्रम निरीक्षण टोलीहरूले गर्मीको समयमा खुला ठाउँमा काम गर्न निषेधको कार्यान्वयन सुरु हुनु अघि, देशभरका विभिन्न कार्यस्थलहरूमा श्रमिकहरूलाई सचेतना पर्चाहरू वितरण गरी वार्षिक सचेतना अभियान चलाएको छ।

कामदार र कम्पनीहरूको लागि सेमिनार र सचेतना बैठकहरू आयोजना साथै ग्रीष्मकालमा श्रमिकको सुरक्षा, स्वास्थ्य जोगाउनको लागि निर्णयको प्रावधान र कार्यान्वयनको आवश्यकतालाई उल्लंघन नगर्न कम्पनी सञ्चालकलाई मन्त्रालयले आग्रह गरेको छ । कतारमा अहिले ३ लाख १२ हजार ६ सय ५० नेपाली कार्यरत रहेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

जसमा ११ हजार ९० जना महिला रहेका छन् । कतारमा ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएको पाइन्छ । यस्तै कुवेतमा सोही नियम लागू भएको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावरले चर्को घाममा काम गर्नको लागि रोक लगाउने निर्णय गरेको हो । १ जुनदेखि ३१ अगस्टसम्म उक्त निर्णय लागू हुने बताइएको छ । बिहान ११ बजेदेखि ४ बजेसम्म खुल्ला क्षेत्रहरुमा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ ।

कुवेतमा करिब ७० हजार नेपालीहरु कार्यरत रहेको दूतावासले जनाएको छ । लगातार चर्को गर्मीमा काम गर्ने कामदारका शरीरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठन ध्ज्इले बताएको छ । प्रचण्ड गर्मीमा काम गर्ने कादारहरुलाई धेरै चिसो नखान र धेरै चिसोमा नसुत्न समेत आग्रह गरेको छ ।

तर अधिकांश कामदार न्यूनतम तापक्रममा सुत्ने गरेका कारण अल्पायुमै मृत्यु हुने गरेको पाइएको छ । त्यस्ता कामदारको हृदयगति बन्द भई ‘सुतेको सुत्यै’ मृत्यु हुने गरेको तथ्याङ्क छ ।

 


Thali Mobile Pvt.Ltd.