काठमाडौं । अफगानिस्तानमा मिनिबस र मस्जिदमा भएका चार विस्फोटमा परी १२ जना बढीको मृत्यु भएको छ । मजार ए शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट भएको र कम्तिमा १० जनाको मृत्यु भएको अफगान प्रहरीले बताएको छ ।
उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् । यस्तै काबुलमा रहेको एक मस्जिदभित्र भएको बम विस्फोटमा दुईजना मारिएका छन् भने १० जना घाइते भएका छन् । विस्फोटको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको समाचार एजेन्सीले बताएका छन् ।
मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ५ जनाको मृत्यु र २२ जना घाइते भएको बीबीसीले जनाएको छ । मस्जिदभित्र पंखामा बम राखिएको काबुलको आपतकालीन अस्पतालमा उपचार गर्न आएका घाइतेले बताएका छन् ।
