भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

चाँगुनारायण ६ को अध्यक्षमा राप्रपाका धनबहादुर लामा विजय

चाँगुनारायण ६ को अध्यक्षमा राप्रपाका धनबहादुर लामा विजय

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चाँगुनारायण नगरपालिका वडा नं. ६ को अध्यक्षमा धनबहादुर लामा विजयी भएका छन् । उनले एक हजार ४ सय ११ मत प्राप्त गरेका छन् ।

वडा सदस्यमा वीरमान तामाङ, आरती लामा, हरिप्रसाद लामिछाने र सोनु विक निर्वाचित भएका छन् । एमालेका उम्मेदवार विष्णु लामालाई एक हजार २०३ मतमा सीमित गरेर राप्रपाले विजयको झण्डा गाडेको हो ।

नगरकोटबासीले राप्रपालाई जिताएर लगाएको गुणको बदलामा विकास निर्वाण देखि सबै समस्याको हल गर्ने अध्यक्ष तामाङले बताए । पाँच वर्षअघि एमालेबाट हारेका उनले योपटक एमालेलाई नै हराएका छन् ।

जनताको चाहनाअनुसार नगरकोटको विकासले फड्को मार्ने जितपछि धनबहादुर लामाले बताए । यो जित आफ्नो मात्र नभएर जनताको विजय र नगरकोटवासीको विजय भएको उनको भनाइ छ ।

२०५४ देखि एमालेको पकडमा रहेको यहाँ अहिले राप्रपाले बाजी मारेको भनेर स्थानीयले चर्चा गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.