मनाङ । चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ ।
गाउँपालिका अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले विजयी भएका छन् ।
उन्ले ३२० ल्याएर विजयी भएका हुन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।
घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । २०७४ सालको निर्वाचनमा उनले २१४ मत ल्याएर जित हात पारेका थिए ।
