भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चारवटा स्वास्थ्यचौकी भवन अलपत्र, ठेकेदार सम्पर्कमा छैनन्

चारवटा स्वास्थ्यचौकी भवन अलपत्र, ठेकेदार सम्पर्कमा छैनन्

काठमाडौं । रसुवामा निर्माण कम्पनीले जिम्मा लिएको काम नगर्दा रसुवामा चार वर्षदेखि निर्माणाधीन चारवटा स्वास्थ्यचौकी भवन अलपत्र परेका छन् ।

कालिका गाउँपालिका–१ मा निर्माणाधीन राम्चे उत्तरगया गाउँपालिका–३ को ठूलोगाउँ आमाछोदिङमो गाउँपालिका–१ को हाकु गोसाइकुण्ड गाउँपालिका ५ को स्याफ्रुबेशी स्वास्थ्यचौकी निर्माण सम्पन्न नगर्दा अलपत्र परेको हो ।

दुई बर्षमा काम सम्पन्न गर्ने गरि जिम्मा लिएको ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रालिले चार बर्ष बितिसक्दा पनि काम सम्पन्न नगर्दा जिल्लाका चारवटा स्वास्थ्य चौकी भवन अलपत्र परेको गोसाइकुण्ड गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख बिमल घिमिरेले बताए ।

कतिपय भवनको काम ८० प्रतिशत भईसकेको सघन शहरी तथा भवन कार्यालय जिल्ला आयोजना कार्यान्वयन ईकाइले जनाएको छ ।आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्नका लागि निर्माण गरिएका भवन अलपत्र भएपछि नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार प्रभावित भएको स्थानीयको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.