भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

एसियन राजमार्ग निर्माणले गति लियो, सहरी क्षेत्रमा ५० मिटर सडक चौडा

एसियन राजमार्ग निर्माणले गति लियो, सहरी क्षेत्रमा ५० मिटर सडक चौडा

काठमाडौं । एसियन राजमार्ग निर्माणले गति लिएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वको काँकरभिट्टादेखि लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर सडक एसियन राजमार्गमा स्तरोन्नति गर्ने कार्य अगाडि बढेको हो । काँकरभिट्टा–लौकही सडकखण्ड अन्तर्गत सहरी क्षेत्रमा चार लेनको सडकमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेनगरी ५० मिटर चौडाइ हुनेछ ।

यस्तै अर्धसहरी क्षेत्रमा चार लेनको सडकमा दुवैतर्फ एक लेन थप भई ३३ मिटर चौडा सडक हुने र बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक रहने जनाइएको छ । उक्त आयोजनामा एशियाली विकास बैंकको ८४ दशमलव नौ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी रहने छ । काँकरभिट्टा–लौकही सडक खण्डको लम्बाई एक सय २० किलोमिटरमध्ये ९५ दशमलव ७६ किलोमिटरमा विभिन्न प्याकेजमा ठेक्का लागेको छ ।

काँकरभिट्टा–लौकही सडक योजनालाई काँकरभिट्टा–केर्खा सितापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा–इटहरीसम्म ५० दशमलव ७६ किलोमिटर पश्चिमी खण्डमा विभाजन गरिएको छ । काकरभिट्टा–केर्खा सडक रु १० अर्ब छ करोडमा लागतमा सम्पन्न गर्नेगरी इभरस्कोन–कालिका जेभीले विसं २०८० कात्तिक २ गते सम्झौता गरी सोही वर्षको माघ १९ गतेदेखि काम प्रारम्भ गरेको इञ्जिनियर आश्रय महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार काम सुरु भएदेखि हालसम्मको भौतिक प्रगति पाँच दशमलव ७० प्रतिशत रहेको छ । यस सडकखण्डको सीमाभित्र परेका चार हजार सात सय २६ वटा रुख काट्ने काम सम्पन्न भई दुई हजार एक सय रुख डिभिजन वनलाई हस्तान्तरण गरिएको छ । विद्युत् प्राधिकरणबाट यस क्षेत्रमा पर्ने दुई हजार दुई सय खम्बामध्ये चार सय खम्बा सारिसकेको र अन्य सार्ने क्रममा छन् । एक सय ४३ कल्भर्टमध्ये ७२ वटा कल्भर्टको निर्माण भइरहेको छ ।

पूर्वी खण्डअन्तर्गत चारआली चोक, बिर्तामोड र चारपाने चोकमा मोटरेबल ओभरपास निर्माण हुने इञ्जिनियरको भनाइ छ । चारअली जङ्गलमा हात्तीका लागि अण्डरपास र छ वटा पैदलयात्री क्रसिङ बन्नेछन् । तीन सय मिटरभन्दा साना १८ वटा पुल यसै ठेक्काअन्तर्गत निर्माण सम्पन्न हुनेछन् । तीन सय मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि रु पाँच अर्ब ९७ करोडमा निर्माण गर्ने ठेक्का लगाइएको थियो ।

हालसम्म उक्त पुलको भौतिक प्रगति चार दशमलव २० प्रतिशत रहेको इञ्जिनियर महतले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको जगमा तीन सय ५० वटा पाइल हाल्ने काम सम्पन्न भएको छ ।

 


Thali Mobile Pvt.Ltd.