भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चिकित्सकमाथि हातपात, मणिपाल शिक्षण अस्पताल परिसर तनावग्रस्त

चिकित्सकमाथि हातपात, मणिपाल शिक्षण अस्पताल परिसर तनावग्रस्त

पोखरा । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात गरेका छन् ।

चिकित्सकमाथि हातपात भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। लम्जुङको सुन्दरबजार नगरपालिका–६की ५७ वर्षिया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो ।

बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण विकले बताए ।

डिएपी विकले भने, ‘चिकित्सकमाथि हातपात भएपछि केही तनाव उत्पन्न भएको हो । अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।’

चिकित्सकमाथि हातपात गर्ने बिरामीका आफन्त पहिचान गर्ने प्रयास भईरहेको छ भने अस्पतालले यसबारे कुनै जानकारी दिएको छैन ।

 


Thali Mobile Pvt.Ltd.