भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

चितवनमा मतगणना गरिँदै

चितवनमा मतगणना गरिँदै

चितवन । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ ।

आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिर्दै छ ।

क्षेत्र नम्बर १ र २ ले बिहान ८ वजेका लागि सर्बदलिय बैठक बोलाएका छन् । क्षेत्र नम्बर ३ ले बिहान ९ वजे सर्बदलिय बैठक बोलाएको छ ।

बैठक पछि लगत्तै गणनाको तयारी गरिएको छ । जिल्लाको क्षेत्र नं १ मा ६८।७३ प्रतिशत मत खसेको छ । सो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा ६७।३ प्रतिशत मत खसेको छ ।

यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् । क्षेत्र नम्बर ३ मा ६५।४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन् ।

 


Thali Mobile Pvt.Ltd.