काठमाडौं । निर्वाचन क्षेत्र नम्बर ७ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । उनले १ सय ७७ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमीले ७५ मत पाएर तेस्रो स्थानमा छिन् । एमालेका श्याम कुमार घिमिरे दोस्रो स्थानमा छन्, उनले ९३ मत पाएका छन् ।
हाम्रो नेपाली पार्टीका प्रवेन्द्र पोख्रेलले ७२ मत पाएका छन् । त्यहाँ अहिलेसम्म ७ सय ९ मत गणना गरिएको छ ।
