चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करी बडेको छ । गोली लागेको अवस्थामा दुर्लभ एक सिंगे गैंडा मृत भेटिएको छ।निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा टाउकोमा दुई गोली लागको अवस्थामा गैंडा मृत भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
घोलमा डुबेको अवस्थामा गैंडा भेटिनुले यहाँ तस्करी बढेको उनको भनाई छ । गैंडा ५(७ दिन अगाडि मारेको हुनसक्ने निकुञ्जको ठकर छ । मृत गैंडाको खाग र खुर भने सुरक्षित छ भने लकडाउन र निषेधाज्ञाले निकुञ्जमा सुरक्षा चुनौती थपिएको छ । निकुञ्जमा २०७३ साल यता कुनै पनि घटना नघटेको र यस चालू आर्थिक बर्षमा चार गैंडा मृत भेटिएको छ ।
