भर्खरै : Sorry, your browser does not support inline SVG.

थप ९०२ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४८ हजार १३८ पुग्यो (विवरणसहित)

थप ९०२ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४८ हजार १३८ पुग्यो (विवरणसहित)

काठमाडौं । थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ६११ नमुना परीक्षण गर्दा ३०७ महिला र ५९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । संक्रमित मध्य ३०६ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति थपिए ?
उपत्यकाका थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कैलालीका ७७ जना, मोरङका ५१, सुनसरीका ३८, धनुषाका ३३, कास्कीका ३०, मकवानपुरका २४, रुपन्देहीका २१, चितवनका २०, सप्तरी, गोरखा र सुर्खेतका १८र१८ जना, झापाका १६, पर्साका १४, ओखलढुंगाका १३, बाराका १२, बाग्लुङका १० र कञ्चनपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट, धादिङ र रामेछापका ८र८ जना, नवलपुर र बर्दियाका ७र७ जना, सर्लाहीका ६, बाँकेका ५, महोत्तरी र सिराहाका ४-४ जना, नुवाकोट, तनहुँ र दाङका ३-३ जना, उदयपुर, काभ्रे, दोलखा र लमजुङका २-२ जना तथा इलाम, सिन्धुपाल्चोक, पर्वत, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी, रोल्पा र दैलेखका १-१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहाेस् भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/983699818814993/

 


Thali Mobile Pvt.Ltd.