भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

चिनियाँ अनुदानको खोप आज नेपाल आउँदै

चिनियाँ अनुदानको खोप आज नेपाल आउँदै

काठमाडौँ । चीनले अनुदान दिएको ९ लाख डोज खोप आज नेपाल आइपुग्दै छ । ८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप स्वायत्त क्षेत्र तिब्बतबाट आज काठमाडौँ आइपुग्ने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलेका अनुसार चीन सरकारले अनुदानमा दिएको खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । उक्त विमानले आज २ बजेसम्म ८ लाख खोप लिएर नेपाल आइपुग्ने बताइएको छ ।

तिब्बतले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको १ लाख डोज खोप हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत आजै ल्याइँनेछ भने बाँकी १ लाख डोज भोलि ल्याइँनेछ ।अनुदानस्वरुप दिएको उक्त खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने तयारी सरकारले गरेको छ । ‘भेरोसेल’ खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.