काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री नेतृत्वको टोलीले आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ । नेकपाको दुई चिरा मिलउन नेपाल आएको छिमेकी चीनको राजनीतिक भेटघाटमा ओलीले नेकपाको मिलन बिन्दु नभेटिने बताए । नेकपा किन फुट्यो ? प्रतिनिधिसभा विघटन अब के हुन्छ ?’
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको विशेष टोलीले प्रश्न राखेको थियो । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरु गरेको भेट थियो । नेपाल लोकतान्त्रिक बाटोबाट अगाडि बढिरहेको र सबै समस्याको समाधान त्यहीबाटोबाट गर्ने जवाफ चिनियाँ टोलीलाई राष्ट्रपतिले दिएको स्रोतको भनाई छ ।
राष्ट्रपति सीको विशेष दूतका रूपमा आएको टोलीले आइतबार प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग सोमबार भेटवार्ता गरेको थियो ।
कम बोल्ने, बढी सुन्ने गरिरहेको कुओ नेतृत्वको टोलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नभई आपसी राजनीतिक विश्वास बढाउन र आपसी मित्रतालाई मजबुत बनाउने उद्देश्यसाथ भ्रमण भएको बताएको छ । उत्त टोलीले आज मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनालगायतसँग भेटवार्ता गर्ने छ।
