भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

चिनियाँ र नेपाली कम्पनीलाई कालो सूचीमा राख्न १८ जुन २०२४ मा कालोसूचीमा राख्न सिफारिस

चिनियाँ र नेपाली कम्पनीलाई कालो सूचीमा राख्न १८ जुन २०२४ मा कालोसूचीमा राख्न सिफारिस

काठमाडौं । सरकारले नेपाली र चिनियाँ कम्पनीलाई १८ जुन २०२४ मा कालोसूचीमा राख्न सिफारिस गरेको छ।
चिनियाँ कम्पनी चोङ्क्विङ इन्टरनेशनल कन्स्ट्रक्सन कर्पोरेशन (सिआइसिओ) र यसको नेपाली साझेदार कान्छाराम कन्स्ट्रक्सन (केसी) लाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

डिसेम्बर २०२३ मा बुटवलको सिद्धबाबा टनेल आयोजना निर्माण गरिरहेको ​​चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडलाई पनि तोकिएको समयमा काम सम्पन्न नगर्नुको साथै गुणस्तरहीन काम गरेको उजुरी परेपछि सरकारले कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

एसियाली विकास बैंकको लगानीमा ग्रामीण सडक सञ्जाल सुधार परियोजनाअन्तर्गत सिआइसीओ र केसीले मोरङ जिल्लाको कोरसाने—केराबारी—सिंहदेव (केकेएस) र लक्ष्मीमार्ग—डेंगीहाट—बबियाबिर्ता—अमही (एलडीबीए) सडक खण्ड निर्माणमा संलग्न छन्। सिको र केसीले दुई वर्षमा केकेएस र एलडिबीए सडक खण्ड निर्माण गर्न ७० करोडको ठेक्का पाएका थिए।

तर, सिनियर इन्जिनियर शालिग्राम देवकोटाले गरेको स्थलगत निरीक्षणमा दुवै कम्पनीले ५ वर्ष बितिसक्दा पनि ५४ प्रतिशत काम मात्रै सम्पन्न भएको देखाएको छ। नेपालमा विभिन्न आयोजनामा ​​विशेषगरी सडक निर्माणमा संलग्न चिनियाँ कम्पनीले आयोजनाको लागत बढाउन आयोजना ढिलाइ गरेका छन्।

 

 

 


Thali Mobile Pvt.Ltd.