भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिधाकुरा ‘द डार्क फाइल’विरुद्ध मुद्दा दायर

सिधाकुरा ‘द डार्क फाइल’विरुद्ध मुद्दा दायर

काठमाडौं । सिधाकुरा डटकमको ‘द डार्क फाइल’ श्रृंखलामा प्रकाशित सामग्रीविरुद्ध साइबर अपराधमा मुद्दा चलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो ।

काठमाडौं जिल्ला अदालतमा दायर गरिएको मुद्दामा सिधाकुराका सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो रेकर्ड गरेको भन्ने राजकुमार तिमिल्सिनालाई विपक्षी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले पुष्टि गरे ।

सिधाकुरा डटकमले अख्तियारले आफ्नै पैसा दिएर गर्दै आएका ‘स्टिङ अप्रेसन’का मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा ‘डिल’ भएको भन्दै ‘द डार्क फाइल’ श्रृंखला प्रसारित।प्रकाशित गरेको थियो ।

अन्नपूर्णपोष्टको तीनकुनेस्थित कार्यालयमा भएको ‘डिल’ भन्दै प्रशारित अडियो सर्वोच्चमा अवहेलना मुद्दा चलाएसँगै नेपाल प्रहरीको विधिविज्ञान प्रयोशालामा परीक्षणका लागि पठाइएको थियो । प्रहरीले फरेन्सिक जाँच गर्दा अडियो ‘फेक’ भेटिएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.