भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

सिधाकुरा ‘द डार्क फाइल’विरुद्ध मुद्दा दायर

सिधाकुरा ‘द डार्क फाइल’विरुद्ध मुद्दा दायर

काठमाडौं । सिधाकुरा डटकमको ‘द डार्क फाइल’ श्रृंखलामा प्रकाशित सामग्रीविरुद्ध साइबर अपराधमा मुद्दा चलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो ।

काठमाडौं जिल्ला अदालतमा दायर गरिएको मुद्दामा सिधाकुराका सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो रेकर्ड गरेको भन्ने राजकुमार तिमिल्सिनालाई विपक्षी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले पुष्टि गरे ।

सिधाकुरा डटकमले अख्तियारले आफ्नै पैसा दिएर गर्दै आएका ‘स्टिङ अप्रेसन’का मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा ‘डिल’ भएको भन्दै ‘द डार्क फाइल’ श्रृंखला प्रसारित।प्रकाशित गरेको थियो ।

अन्नपूर्णपोष्टको तीनकुनेस्थित कार्यालयमा भएको ‘डिल’ भन्दै प्रशारित अडियो सर्वोच्चमा अवहेलना मुद्दा चलाएसँगै नेपाल प्रहरीको विधिविज्ञान प्रयोशालामा परीक्षणका लागि पठाइएको थियो । प्रहरीले फरेन्सिक जाँच गर्दा अडियो ‘फेक’ भेटिएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.