भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै छन् । तीन दिने भ्रमणको सिलसिलामा उनी नेपाल आउन लागेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

वाङ अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने परराष्ट्रले जनाएको छ । नेपाल–चीन परराष्ट्र मन्त्री स्तरीय द्विपक्षीय वार्ता, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा,

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम रहेको छ । विदेश मन्त्री वाङ आइतबार साँझ स्वदेश फर्कने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.