भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

चिनी निर्यातमा भारतले लगायो प्रतिबन्ध

चिनी निर्यातमा भारतले लगायो प्रतिबन्ध

काठमाडौ । चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध झन बढाएको छ । सन् २०२४ को मध्यसम्म थप चिनी निर्यातमा भारतले प्रतबनध गर्ने भएको हो ।
भारतले एल निनो मौसमको प्रभावका कारण बितेको सात दशककै खराब खडेरीको सामना गर्नुपर्ने अनुमान गरेको छ । खडेरीका कारण उखु उत्पादन घट्ने भारतको अनुमान छ ।

विश्वकै दोस्रो ठूलो चिनी निर्यात गर्ने देश भारतले अक्टोबर १ मा नयाँ मार्केटिङ वर्ष सुरु हुनु अघि नै कति निर्यात गर्न सकिन्छ भनेर निर्णय गर्छ । चालु सिजनमा निर्यातका लागि ६१ लाख टन कोटा निर्धारण गरेकोमा कोटा सकिएपछि अहिले निर्यात रोकिएको छ । यस वर्ष देखिएको एल निनो मौसमी प्रणालीका कारण खडेरी पर्ने सम्भावना रहेकोले चिनी निर्यात खुलाउने अवस्था नरहेको भारतीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । भारतले यस वर्ष निर्यात कोटा पनि घटाएर ४० लाख टनमा झार्ने तयारी गरेको छ ।

सन् २०२१–२२ मा भारतले एक करोड १० लाख टन चिनी निर्यात गरेको थियो । त्यसपछि उत्पादन घटेको भन्दै निश्चित कोटा निर्धारण गरेर निर्यातमा प्रतिबन्ध लगाएको छ ।
भारतले निर्यात नगर्दा चिनीको विश्वव्यापी मूल्यमा असर गर्नेछ । भारतले चालु चिनी सिजनको सुरुमा आउँदो सेप्टेम्बर ३० सम्म तीन करोड ६० लाख टन चिनी उत्पादन गर्न लक्ष्य लिएकोमा उखु उत्पादन घटे पनि त्यसलाई शंसोधन गरेर तीन करोड २८ लाख टनमा झारेको छ ।

 


Thali Mobile Pvt.Ltd.