भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

चीन बन्यो अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश

चीन बन्यो अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश

एजेन्सी । अफगानिस्तानका लागि चीनले राजदूत नियुक्त गरेको छ । चीन अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश बनेको हो । सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि राजदूत नियुक्त गर्ने देश चीन पहिलो बनेको हो ।

कुनै पनि अन्य देशले तालिबान सरकारलाई मान्यता दिएको छैन । तालिबानको अफगानिस्तानमा थुप्रै मानवअधिकार उल्लङ्घनका लागि आलोचना गर्ने गरिन्छ । चीन ती देशमध्ये एक हो जसले तालिबान सरकारसँग कुराकानी सुरु गरेको छ ।

चीनको विदेश मन्त्रालयले बुधवार भनेको छ, ‘चीन अफगानिस्तानसँग कुराकानी र सहयोगलाई अघि बढाउन जारी राख्नेछ र देशप्रति उसको नीति स्पष्ट सुसङ्गत छ ।’ तालिबानले झाओ जिङको नियुक्ति अन्य देशका लागि उसको सरकारसँग सम्बन्ध स्थापित गर्ने एक सङ्केत भएको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.