चुनाव एकैसाथ गर्ने विषयमा छलफल

चुनाव एकैसाथ गर्ने विषयमा छलफल

काठमाडौं । सत्ता गठबन्धनले मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै तीनै तहका चुनाव एकै समयमा गर्ने विषयमा छलफल भएको छ ।

अरुपार्टीका अध्यक्ष सहमत भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा भने स्थानीय तहको चुनाव गर्ने पक्षमा देखिएका छैनन् ।

सबैको मिलनबिन्दु भनेको एकैसाथ तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव लिएर गठबन्धनभित्र व्यापक छलफल भएको स्रोतले बताएको छ ।

स्थानीय तहको चुनावमा सहमति नदेखिएपनि संसदीय चुनाव भने छिटो गर्न सबैजसो नेता सहमत भएको दावी स्रोतको छ ।

 


Thali Mobile Pvt.Ltd.