भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

चेन्नई सुपरकिंग्सद्वारा मुम्बई इण्डियन्स ५ विकेटले पराजित

चेन्नई सुपरकिंग्सद्वारा मुम्बई इण्डियन्स ५ विकेटले पराजित

काठमाडौं । आईपीएलमा चेन्नईले उत्कृष्ट शुरुवात गर्दै मुम्बई इण्यिन्सलाई ५ विकेटले पराजित गरेको छ ।  अम्बति रायडूको शानदार पारी र फाफ डू प्लेसिसको साथमा उनीहरुको शतकीय साझेदारीबाट चेन्नई सुपरकिंग्सले मुम्बई एण्डियन्सलाई ५ विकेटले पराजित गरेको हो ।

रायडूले ४८ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ७१ रन बनाएका थिए । त्यस्तै फाफ डुप्लेसिसले ४४ बलमा ५८ रनको योगदान गरे । उनले ६ चौका प्रहार गरेका थिए ।

त्यो बाहेक मुरली विजयले १ रन, शेन वाट्शनले ४ रन र जडेजाले १० रन बनाए । त्यस्तै स्याम कुरेनले ६ बलमा १८ रन प्रहार गरेका थिए भने धोनी नट आउट रहे । लुंगी नगिदीले ३ विकेट लिए भने जडेजा र दीपक चाहर समान २ २ विकेट लिए । मुम्बईले अन्तिम ६ ओभरमा ४१ रन बनाएर ६ विकेट गुमाएको थियो ।

मुम्बईले ९ विकेट गुमाउँदै १६२ रन मात्र बनाउन सक्यो । त्यस्तै मुम्बई बाट भने सौरभ तिवारीले ४२ रन, क्विन्टन डि ककले ३३ रन बनाए । त्यो बाहेक कप्तान रोहित शर्माले १२, सुर्यकुमार यादवले १७, कीरेन पोलार्डले १८, हार्दिक पाण्डेले १४ रन बनाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.