भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

छुवाछुतमुक्त राष्ट्र घोषणा गर्नुुको औचित्य छैन् ? व्यवहारमा खै ?

छुवाछुतमुक्त राष्ट्र घोषणा गर्नुुको औचित्य छैन् ? व्यवहारमा खै ?

काठमाण्डौ । अझै पनि घरभित्र दलित समुुदायका मानिसहरु पस्दा सजाए पाएकै छन् । विश्व जातीय विभेद उन्मुुलन दिवस मनाई रहँदा नेपालमा भने विभिन्न अप्ठारो परिस्थितिको सामना दलित समुुदायका मानिसहरुले गरिरहेका छन् । सोमबार ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

जातिय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना अझै नेपाली समाजमा भइरहेका छन् । संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धिमा नेपालले सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । यो दिवस सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।
२०६२ र ६३ सालको जनआन्दोलन पछि पुनस्थापित संसद्ले २०६३ साल जेष्ठ १६ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर, अहिले पनि छुवाछुतका घटना भइरहदा यो घोषणा पनि कागजमा सीमीत रहेको आम मानिसहरुको धारणा रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्ने सबै अधिकारकर्मी, योद्धा तथा अग्रजप्रति सम्मान व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना दिँदै उन जातीय विभेद तथा छुवाछुत मानव समाजको कलङ्क भएको र कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने उल्लेख गरेका छन् तर हालै रामेछापमा घरमित्र घिरेको आरोपमा बालिकालाई बन्धक बनाइएकोबारे एक शब्द प्रधानमन्त्री खर्चेका छैनन् । यसरी हरेक दिन छुवाछुतका घटनामा वृद्धि भइरहदा छुवाछुतमुक्त राष्ट्र घोषणा गर्नुको के अर्थ ?

 


Thali Mobile Pvt.Ltd.