भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

जनताको पक्षमा नेमकिपा बाहेक अरु कुनै राजनीतिक दल छैन : सांसद गोसाई

जनताको पक्षमा नेमकिपा बाहेक अरु कुनै राजनीतिक दल छैन : सांसद गोसाई

हेटौडा । नेपाल मजदुर किसान पार्टीका बागमती प्रदेश सभामा सदस्य सुरेन्द्रराज गोसाईले देश र जनताको पक्षमा निरन्तर लडने पार्टी नेमकिपा मात्रै भएको बताएका छन्।

शुक्रबार सम्पन्न बागमती प्रदेश सभाको सभामुख निर्वाचनपछि प्रतिक्रिया दिदै सांसद गोसाईले जनताको पक्षमा निरन्तर संर्घष गर्ने पार्टी नेमकिपा मात्रै भएको बताएका हुन ।

उनले बागमती प्रदेश सभामा संघीयता खारेज गर्ने माग गरिरहेको राप्रपका उम्मेदवारलाई सभामुखमा निर्वाचित गराउनुमा पनि गठबन्धनधारी दलहरुको चरित्र उदाङगीएको प्रतिक्रिया दिए ।

सांसद गोसाइले नेमकिपाले स्वच्छ प्रजातान्त्रिक अभ्यास गरिरहेकाले अरु दलले विचार र सिद्धान्त त्याग्दैमा नेमकिपाले प्रतिगमन विरुद्धको आन्दोलनलाई नछोड्ने बताउदै नेपाली जनताले नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका राजनीतिक दलको गतिविधिबारे बुझनुपर्ने बताए ।

शुक्रबार सम्पन्न बागमती प्रदेश सभाको सभामुख निर्वाचनमा नेपाल मजदुर किसान पार्टी( नेमकिपा) को तर्फबाट उम्मेदवार सृजना सायजुले तीन मत प्राप्त गरेकी थिइन । १ सय १० मत रहेको प्रदेश सभामा गठबन्धनका उम्मेदवारले ६२ मत प्राप्त गरेका थिए भने विपक्षमा ३९ मत खसेको थियो

 


Thali Mobile Pvt.Ltd.