भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

जनताको साझा शुत्र भनेकै भ्रष्टाचार हो : सभापति लामिछाने

जनताको साझा शुत्र भनेकै भ्रष्टाचार हो : सभापति लामिछाने

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको साझा शत्रु भनेकै भ्रष्टाचार भएकाले सबै दल मिलेर भ्रष्टाचारको जरो उखेल्नुपर्ने बताएका छन् ।
शनिबार रास्वपा सूर्यविनायक नगरपलिकाको नगर समिति गठन गर्न आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले उक्त कुरा बताएका हुन ।

अब कुनै पनि काण्ड आउँदो पुस्ताका लागि हस्तान्तरण गर्ने नभई सबै काण्ड सिध्याएर दोषी सबैलाई जेल हाल्नै पर्ने भएकाले सरकार पछि हटे नयाँ पार्टी र जनताले कसैलाई नछोड्ने सभापति लामिछानेको तर्क थियो । सरकारले भ्रष्टाचारीविरुद्धको कदम सुरु गरेसँगै देशका भ्रष्टाचारीहरु धमाधम भाग्न थालेको बताउँदै सभापति लामिछानेले भने, “हिजो हवाई चप्पल लगाएर आएकाहरु आज हजाई जहाज नभई हिँड्दैनन्, सरुवा बढुवामा समेत पैसा खाएर गरीबको पसिना चुस्नेलाई जेल हाल्नै पर्छ, भ्रष्टाचारी को–को हुन् सबैलाई थाहा छन्, सबैका बैंक एकाउन्ट, खाता, फोन, उनीहरुको आफन्तका खाता, घर, खानतलासी गर्न गरौँ उनले भने ।जनताको साझा शुत्र भनेकै भ्रष्टाचार हो ः सभापति लामिछाने

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबै पार्टी मिलेर भ्रष्टाचार निर्मूल पार्दै राजनीतिलाई शुद्धीकरण गर्नुपर्ने बताए ।

उनले नेताको स्वार्थ र खुशीका लागि देश बिगार्न पाइँदैन् भन्दै २०८४ सालको चुनावसम्ममा भक्तपुरमा अरु पार्टी नरहने दावी गरे ।

कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डा. तोसिमा कार्की, रास्वपाका भक्तपुर संयोजक रामेश्वर बस्नेत लगायतले आफ्ना भनाई राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.