जनताको सेवामा समर्पित हुने, तर सरकारी सेवा सुबिधा नलिने युगान्तको प्रतिवद्धता

जनताको सेवामा समर्पित हुने, तर सरकारी सेवा सुबिधा नलिने युगान्तको प्रतिवद्धता

काठमाडौं । स्थानीय निर्वाचनको माहोल घर आँगनमा आइसकेको छ । उम्मेदवार जनताको दैलो दैलोमा पुगिरहेका छन् । यो चुनावमा जनताको अवस्था परिवर्तनका निम्ति लडेका मानिसहरुपनि सहभागि भएका छन् ।

जनताले पनि लोकप्रिय उम्मेदवारका चर्चा गरिरहेका छन् । जनपक्षीय काममा अग्रसर नेतालाई भोट दिन जनता आतुर भएका छन् । बिकाशमुखी लोकप्रिय स्थानीय जनप्रतिनिधि ल्याउने चर्चा चलिरहेकै बेला बाँकेको बैजनाथ गाउँपालिका पनि चर्चाको शिखरमा पुगेको छ ।

गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र बहादुर शाह (युगान्त)को चर्चा हुन थालेको छ । चिया चौतारीमा उनको चर्चा अहिलेको भन्दा विगतको हुन थालेको छ । युद्ध लडेर जनताको हक अधिकारका निम्ति खेलेको भूमिकाको चर्चा हुन थालेको स्थानीयले बताए ।

त्यो भन्दा पनि जनताको सुख दुःखमा साथ दिएका दिपेन्द्रले आफू निर्वाचन जितेपछि सरकारबाट पाउने सेवा सुबिधा नलिने घोषणा गरेपछि झन चर्चा चल्न थालेको हो । निस्वार्थ जनताको सेवक भएर काम गर्ने उनको छवि जनताले पनि नजिकबाट नियालिसकेका छन् ।

१८ वर्षको कलिलो उमेरमा जनताका हक अधिकार ल्याउन बन्दुक बोकेर परिवर्तनको लडाईमा होमिएका शाह तानाशाह बिरुद्ध दिलो ज्यान दिएर लडेको स्मरण जनसमुदायले गरिरहेका छन् । २४ वर्षको उमेर सैन्य कार्यकुशलता देखाउँदै बिग्रेड कमाण्डर समेत भएर सैन्य मोर्चाको कमान्ड सम्हाल्न खप्पिस शाह यतिबेला चुनावी मैदानमा छन् ।

कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा जन्मिएका युगान्तका सैयौं युद्धमोर्चाका अनुभव जनताले नजिकबाट नियालिरहेका थिए । देशमा सामन्ती सत्ताको विरुद्ध छेडेको जेहादले जनताको मन जित्न सफल शाह यतिबेला नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका हुन ।

सेनाको उच्च कमान्ड सम्हाले नेपालका समस्या के हुन र जनताका जिजिविषा के हुन र कसरी समाधान गर्नु पर्छ भन्ने कुराको राम्रो हेक्का राख्ने एक कुशल नेतृत्व पनि हुन शाह भनेर परिचित छन् । बाँके जिल्लाको बैजनाथ गाउँपालिका ५ जि गाउँमा बसाईसराई गरेका शाह बलियो उम्मेदवार हुन ।

बैजनाथ गाउँपालिकालाई विकासको केन्द्र बनाउने सपना देखेका शाहले बैजनातमा बसोवास गरिरहेका सुर्खेत, दैलेख, रुकुम, जाजरकोट, कालिकोट हुम्ला, मुगु, जुम्ला, सल्यान, रोल्पालगाएतका बस्तीलाई पनि व्यवस्थित बनाउने बताएका छन् ।

नेपालको सबैभन्दा धेरै जनसंख्या भएको स्थानीय गाउँपालिका मध्ये बैजनाथ गाउँपालिका पहिलो गाउँपालिका भएको भन्दै उनले व्यवस्थित शहरका रुपमा विकास गरिने सपना देखेका छन् ।

बैजनाथमा नेकपा एकीकृत समाजावादी र नेकपा माओवादी केन्द्रको सयुक्त गठबन्धनका साझा उम्मेदवार बनेका युगान्तले जितेमा आफुले पाउने रकम बैजनाथबासी सेवामा लगाउने समेत बताएका छन् ।

स्थानीय तह भ्रष्टाचार मुक्त तह बनाउने, निर्माण निशुल्क स्वास्थ उपचार, स्वास्थ्य बिमा, व्यवस्थित उद्योग स्थापना, स्थानीय तहमै युवालाई रोजगारीको ग्यारेन्टी, व्यवसायीक र आधुनिक कृषि प्रर्णाली, एकल महिला, द्धन्द्धपीडिछ, घाइते,

अपाङ्ग, जेष्ट नागरिकलाई विशेष भत्ताको व्यवस्था गर्ने शाहले बताएका छन् । एक घर एक उत्पादनलाई विशेष जोड दिने, महङ्गी नियन्त्रण गर्ने, बालमैत्री गाउँपालिका, सूचना प्रविधिले पूर्ण गाउँपालिका निर्माणलाई विशेष प्राथमिक्तामा राखेर योजना बनाउने

उनको पहिलो काम हुने बताए । सयुत्त गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गर्दै युगान्तले आफ्ना प्रतिबद्धता समेत सार्बजनिक गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.