भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् ।

जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँग अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने वचनवद्धता व्यक्त गरेका हुन् ।

जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि भएकाले सम्झदै २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ प्रचण्डले भने ।

सरकार जनयुद्ध लगायत सबै आन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरिरहेको प्रचण्डले बताए ।

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्रीले शान्तिप्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने बताए ।

 


Thali Mobile Pvt.Ltd.