सुर्खेत । प्रतिनिधि सभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम प्रेम सुवालले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई भ्रष्ट्राचार गरे जेल सजाएको व्यवस्था हुनुपर्ने बताएका छन् ।
वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव सुवालले गोर्खा भर्तीकेन्द्र बन्द, सन् १९५० को असमान सन्धि खारेज, भारतले अतिक्रमण गरेका नेपाली भूमि फिर्ता लिने, एमसीसी सम्झौता खारेज गर्नुपर्ने बताए ।
कालापानीबाट भारतीय सेना फिर्ता पठाउने, लिम्पियाधुरामा राजनीतिक र प्रशासनिक उपस्थिति गराउने विषयमा सरकारको ध्यान नगएकोप्रति कडा आलोचना गरे । युक्रेनमा रुसविरुद्ध अमेरिकाको युद्धमा नेपालले अमेरिकाको पक्षमा मतदान गर्नु गलत भएको टिप्पणी गरे ।
अन्य देशमा जस्तै नेपालमा भ्रष्टाचार गर्ने राष्ट्रपति, प्रधानमन्त्रीलाई जेल सजाय हुनुपर्ने बताए ।
रासायनिक मल कारखाना नहुदा किसानले दुख पाएको भन्दै सुवाले मल खरिदमा कमिसान खाने नालायक सरकारले किसानको पक्षमा काम नगर्ने बताए ।
सम्पत्तिको सीमा तोक्नुपर्ने, विदेशमा सम्पत्ति राख्न नपाउने र निजी बैंक राष्टियकरण गर्ने कानुन बनाउन आवश्यक रहेको तर्क गरे ।
काठमाडौंमा घरजग्गा खरिद गर्न नपाउने कानुनी बन्दोबस्त गर्नुपर्ने विचार व्यक्त गरे ।
