भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्दै माघी पर्व मनाउन प्रधानमन्त्री देउवाको निर्देशन

जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्दै माघी पर्व मनाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । माघी पर्व सामाजिक सद्भावको उदाहरण भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले माघी तथा माघे संक्रान्ति पर्वको शुभकामना सन्देश जारी गरेका छन् । प्रधानमन्त्री देउवाले विशिष्ट पहिचान भएको माघी सामाजिक सद्भावको उदाहरण भएको बताए ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका हुन ।

माघी तथा माघे संक्रान्ति पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्नेसमेत विश्वास व्यक्त गर्दै उनले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान हुने बताए । थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्ति नामले चिनिने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा मनाइँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.