काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र.२११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको प्रहरीले बताएको छ ।
बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बससमेत तोडफोड गरेका छन् । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । बसका चालक फरार छन् ।
