भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तथ्याङ्क विभागको आग्रह

तथ्याङ्क विभागको आग्रह

काठमाण्डौ । जनगणनाका लागि खटिएका गणकहरुलाई सहयोग गरिदिन केन्द्रीय तथ्याङ्क विभागले आग्रह गरेको छ । सहरी क्षेत्रमा खटिएका केही गणकले तथ्याङ्क सङ्कलनमा केही समस्या आएको गुनासो गरेपछि विभागले लगत सङ्कलनका लागि घरघरमा पुगेका गणकलाई सहयोग गरिदिन अनुरोध गरेको हो । अहिलेसम्म हिमाली र पहाडी जिल्लामा ८० देखि ९० प्रतिशतसम्म गणनाको काम सकिएको विभागले जनाएको छ ।

सहरी तथा तराई र मधेशको भने जानकारी आउन बाँकी रहेको जनाएको छ । विभागकका अनुसार दार्चुलाको तिङ्कर र छाङरुमा पनि जनगणना भएको छ । जनगणनाका लागि गणकको टोली नेपाली बाटो हुँदै तिङ्कर र छाङरु पुगेका हुन् ।

केन्द्रीय तथ्याङ्क विभागमा तिङ्कर र छाङरुमा ११७ घरधुरी रहेको जानकारी आएको छ । चिसोको मौसम सुरु भएसँगै त्यहाँका केही बासिन्दा सदरमुकाम खलङ्गा झरेकाले उनीहरुको गणना हुन बाँकी छ । गणकहरुले सदरमुकाममै फर्किएर उनीहरुको गणना गर्ने तयारी गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.