खलंगा । भूकम्पले जाजरकोटमा ठूलो क्षति भएको छ । जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु छ । खोज र उद्धारको काम जारी रहेको प्रहरीले बताएको छ । स्वास्थ्य केन्द्र र अस्पतालहररु घाइत र विरामीले भरिएका छन् ।
ठूलो मानवीय क्षति भएको र जिल्लाका स्वास्थ्य संस्थाले थेग्न नसक्ने अवस्थामा पुगेपछि अहिले राजधानी ल्याउने तयारी भएको जिल्ला अस्पताल जाजरकोटकी इन्चार्ज प्रतीक्षा भारतीले बताइन् । बिहान ७ बजेसम्म खलंगा वरिपरिका बिरामी मात्रै उद्धार गरेर अस्पताल ल्याइएको छ ।
नजिकका बिरामीको उद्धार गर्दा पनि अस्पतालले थेग्न नसकेको उनको भनाइ छ । जिल्ला अस्पतालमा १०० जना बिरामी छन् भने ३१ जनाको मृत्यु शव राखिएको छ । बिरामीको संख्या बढेकोले स्टक रहेको औषधि पनि सकिरहेको भारतीको भनाइ छ ।
ठूलो प्रकोप भएकोले जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीले धान्न नसक्ने अवस्था छ । बारेकोट गाउँपालिका र अरु विकट क्षेत्रमा समेत सम्पर्क हुन सकेको छैन । मुख्य सडकहरु अवरुद्ध छन् ।
