भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ झन खतरा, सचेत रहन अनुराेध

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ झन खतरा, सचेत रहन अनुराेध

काठमाडौं । डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसमा नयाँ विकसित रुप नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। हवाई आवागमनबाट नेपालमा संक्रमण फैलने जोखिम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डब्लूएचओले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ। बुधबार मात्र दक्षिण अफ्रिकामा यसको पहिलो केस पत्ता लागेको हो।

त्यसको नमुना गत कात्तिक २३ गते संकलन गरिएको थियो। डब्लूएचओले यसलाई ‘ओमिक्रोन’ नाम दिएको छ । एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने हुँदा सम्भावित प्रभावबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। चार दिनको अवधिमा अफ्रिकासहित हङकङ, बेल्जियम, वोत्सवाना र इजरायलमा समेत संक्रमण पुष्टि भइसकेको छ। बेलायतले ६ मुलुकसँगको हवाई उडान बन्द गरेको छ भने अमेरिकाले न्युयोर्कमा संकटकाल घोषणा गरेको छ।

अस्ट्रेलियाले बाहिरी मुलुकबाट आउने उडानमा प्रतिबन्ध लगाउँदै छ। भारतले उच्च सतर्कता अपनाएको छ। दक्षिण अफ्रिकासँगको हवाई यात्रामा प्रतिबन्ध लगाउँन थालिएको छ। भारतले बाहिरी मुलुकबाट आउने यात्रुको स्क्रिनिङ र परीक्षणमा विशेष ध्यान दिएको छ।

अफ्रिकाबाट नेपालमा सीधा हवाईसम्पर्क नभएकाले प्रत्यक्ष जोखिम नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। ट्रान्जिटबाट आउने यात्रुहरूमा संक्रमण हुन सक्ने भएकाले जोखिम यथावत् रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। भारतमा संक्रमण पुष्टि भएको अवस्थामा नेपालमा पनि संक्रमणको चिन्ता थपिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताए ।

संक्रमण फैलिने खतरा भएकाले निगरानी र परीक्षणलाई ध्यान दिनुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । संक्रमण पुष्टि भइसकेका मुलुकबाट हुनसक्ने हवाई यातायातमा कडाइ गर्नुपर्ने जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीको भनाइ छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ३ जनाको मृत्यु भएको छ।

६ हजार ६ सय ३२ नमुना परीक्षण गर्दा ३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । ३ सय १५ जना भने संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमित ७ हजार १ सय ५६ र संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.