जिप दुर्घटना हुँदा कालिकोटमा ३ जनाको मृत्यु

जिप दुर्घटना हुँदा कालिकोटमा ३ जनाको मृत्यु

सुर्खेत। कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु मृत्यु भएको छ । शुभकालिका गाउँपालिका–६ चिसापानीस्थित बेहुली पान्तडी सडक खण्डमा चौकी बजारदेखि हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जिप दुर्घटना भएको हो ।

कालिकोटमा पुनः जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शुभकालिका गाउँपालिका–२ भर्ताका ३० वर्षय गाडी चालक हर्के कामी, वडा नं.८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय गोपाल सलामी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ

 


Thali Mobile Pvt.Ltd.