भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

यसवर्षकै गर्मी शनिबार काठमाण्डौमा रेकर्ड, आइतबार सितल हुने अुनमान

यसवर्षकै गर्मी शनिबार काठमाण्डौमा रेकर्ड, आइतबार सितल हुने अुनमान

काठमाण्डौ । शनिबार यसवर्षकै गर्मी काठमाण्डौमा रेकर्ड गरिएको छ । काठमाडौंमा यस वर्ष अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस रेकर्ड गरिएको हो । आइतबार काठमाण्डौको मौसम आंशिक बदली हुने सम्भावना रहेको र दिउँसो २ र ३ बजेतिर क्षणिक वर्षाको समेत अनुमान छ ।

सन् २०१२ मा काठमाण्डौको अधिकतम तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । यसपालि गएको २५ गते ३२ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता भने केही घटेको थियो । शनिबार भने यस वर्षकै सबैभन्दा धेरै ३३ दशमलव ३ डिग्री सेल्सियस काठमाडौंमा रेकर्ड गरिएको हो ।

केही दिनयता देशभरका धेरै ठाउँमा अधिकतम तापक्रमले रेकर्ड ब्रेक गरेको छ । हिमाली जिल्लामा समेत तापक्रम बढेको छ । शनिबार भन्दा आइतबार शीतल हुने अनुमान मौसमविद्ले गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.