भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगायो कर्फ्यू

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगायो कर्फ्यू

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू लगाएको छ । काठमाण्डौको तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

राजावादीले तीनकुने क्षेत्रमा व्यक्तिका घरसँगै आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी) को कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामङ्गलको नागरिक उड्डयन कार्यालय, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कफ्यु आदेश जारी गरेको हो ।

तीनकुनेमा हुने भनिएको सभा शुरू नहुँदै राजावादीहरूले प्रहरीको घेरा तोडेपछि स्थिति तनावग्रस्त भएको हो । आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं आफैँ गाडी चलाएर प्रहरीको सुरक्षा घेरा तोड्दै अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.