भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन बागमती प्रदेशले १८ अस्पतालसँग गर्‍यो सम्झौता | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

राजावादी र प्रहरीवीच झडप हुँदा कही आगजनी, कही तोडफोड, आन्दोलनकारीले खोसे प्रहरीको बन्दुक

राजावादी र प्रहरीवीच झडप हुँदा कही आगजनी, कही तोडफोड, आन्दोलनकारीले खोसे प्रहरीको बन्दुक

काठमाडौं। राजावादीहरुको प्रदर्शनको क्रममा तीनकुनेमा लगाइएको आगो नियन्त्रणमा आएको छ । काठमाडौंको तीनकुनेमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी भएको छ । आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन ।

प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि गल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि आक्रोशित भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको थियो भने प्रदर्शनकारीले तीनकुनेबाट सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन् ।

तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।

प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको हो । आगो निभाउन पुगेको दमकलमाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.