भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

जीप दुर्घटनाः तीनको मृत्यु, ११ घाइते

जीप दुर्घटनाः तीनको मृत्यु, ११ घाइते

बैतडी । सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्युहुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही बर्षका मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरु तीनैजनाको घटनास्थमै मृत्यु भएको जनाइएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहुनेहरुमा सिगास– ३ का २९ वर्षीय करनसिंह धाँमी, ४५ वर्षीय दलवीर साउँद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया वासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । जीपका चालक १९ वर्षीय खगेन्द्र साउँद र जीप धनि ४४ वर्षीय हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ । सोह्र जना सवार जीप सडकबाट करीब ५० मिटर तल खसेको र दुर्घटनाका कारण खुल्न नसकेको छ प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.