भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बचतकर्ताको रकम जोखिममा

रुपन्देही । यहाँका सहकारी संस्था सङ्कटमा परेको पाइएको छ । बुटवल स्थित शिवशिखर, सुप्रिम र आगन्तुक सहकारीका बचतकर्ताले रकम निकाल्न नपाएको गुनासो सार्वजनिक भएपछि सहकारीहरू सङ्कटमा रहेको पाइएको हो ।

प्रदेशमा सञ्चालनमा भएका केही सहकारी संस्थामा समस्या देखिएकाले सरकारले कानुनी प्रक्रिया अगाडि बढाएको प्रदेश सहकारी विकास बोर्डको उपाध्याक्ष टीकाराम पोखरेलले बताए ।

सहकारीको मर्मभन्दा बाहिर बचतकर्ताको रकममा सञ्चालकले चलखेल गर्दा यस्तो समस्या देखिएको उनको धारणा छ ।

बर्दियाको नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले आफूखुसी लगानी गर्दा समस्या आएको उदाहरण दिँदै सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सक्रियताले मात्र समाधान गर्न सकिने बताए ।

सहकारीमा सुशासन नभएको बताउँदै रुपन्देहीका ५० भन्दा धेरै सहकारीमा पुगेर सुधार गर्न निर्देशन दिएको लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार भीमप्रसाद तिवारीले बताए ।

सहकारी संस्थाले सहकारीको मूल्य र मान्यता पालना नगरेको, गलत लेखापरीक्षण गरी संस्था चलाएको जस्ता कारणले पछिल्लो समय सहकारीमा समस्या देखिएको तिवारीको जिकिर छ ।

 


Thali Mobile Pvt.Ltd.