जेठ २० गतेसम्म निषेधाज्ञा, जारी गरिएका सबै पास रद्द

जेठ २० गतेसम्म निषेधाज्ञा, जारी गरिएका सबै पास रद्द

काठमाण्डौ । उपत्यकामा थप कडाइसहित जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको छ । आज मंगलबार बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञालाई थप कडाइ गर्ने भन्दै उपत्यकामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कोही पनि घरबाहिर निस्कन नपाउने र बिहान, बेलुकाको हिँडडुल पनि बन्द गरिएको छ ।

सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, दोहोरी, फुटसल, जिमखाना र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ । विवाह, व्रतबन्धको हकमा बढीमा सात जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आफ्नो घर वा बसेको ठाउँमा मात्र गर्न पाइनेछ ।

सबै धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालनमा पनि रोक लगाइएको छ। तरकारी, फलफूल, दूध डेरी, मासु, खानेपानी र ग्यास पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाइनेछ भने खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्टल स्टोरलगायत भने खोल्न पाइने छैन । जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायबाट यसअघि जारी गरिएका सबै पास रद्द गर्ने पनि आदेशमा उल्लेख छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.