भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

जेलमा रहेकी नर्गिसलाई १० लाख डलरको नोबेल शान्ति पुरस्कार

जेलमा रहेकी नर्गिसलाई १० लाख डलरको नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गरिने भएको छ ।

महिला अधिकार र मृत्युदण्डको अन्त्यका लागि सक्रिय मानव अधिकारकर्मी नर्गिस मोहमदी इरानको जेलमा रहेकी छन् ।

इरानमा महिला अधिकार लागि नर्गिसले गरेको संघर्षका लागि पुरस्कृत गरिएको नोबेल कमिटीले जनाएको छ ।

१२ वर्षको कारावास सजाय पाएकी नर्गिस मोहम्मदी अहिले तेहरानस्थित जेलमा रहेकी छन् ।

नोबेल शान्ति पुरस्कार पाउने १९औं महिला बनेकी नर्गिस मोहम्मदी सन् २००३ को नोबेल शान्ति पुरस्कार विजेता सिरिन एबादी नेतृत्वको डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टरकी उपाध्यक्ष पनि हुन् ।

शान्ति पुरस्कारको राशि १० लाख अमेरिकि डलर छ ।

 


Thali Mobile Pvt.Ltd.