भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

जेहेन्दार विद्यार्थीलाई ‘अध्ययन प्रोत्साहन छात्रवृत्ति’

जेहेन्दार विद्यार्थीलाई ‘अध्ययन प्रोत्साहन छात्रवृत्ति’

गुल्मी । रेसुंगा नगरपालिकाले ‘अध्ययन प्रोत्साहन छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न पालिकाले एसईईमा ३.२० वा त्यसभन्दा धेरै जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

पालिकाभित्रका विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्नेलाई मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

नगरभित्रको शैक्षिक गुणस्तरलाई सुधार्ने उद्देश्यले नगरभित्रका शैक्षिक संस्थाहरूलाई चलायमान बनाउन विशेष शैक्षिक अभियान सुरु गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

समग्र गुल्मीको शैक्षिक क्षेत्रलाई उच्च स्थानमा पुर्‍याउन मद्दत गर्नेमा आशावादी रहेको उनको भनाइ छ ।

जुनसुकै जिल्लाको बासिन्दा भए पनि रेसुंगाभित्रका शैक्षिक संस्थामा पढेर एसईई दिई अब उच्च मावि पनिपालिकाभित्रकै शैक्षिक संस्थामा पढ्नुपर्ने छ  भने रेसुंगा नगरपालिका स्थायी ठेगाना

भई देशका जुनसुकै विद्यालयबाट एसईई दिए पनि रेसुंगाभित्रकै शैक्षिक संस्थामा पढ्नु पर्ने पालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले बताए । रेसुंगाभित्रकै शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थी १ सय ४६ जना छन् ।

 

 


Thali Mobile Pvt.Ltd.