भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ गते पेस गर्ने

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ गते पेस गर्ने

काठमाडौं । निर्वाचन आयोगले आन्तरिक तयारीका लागि स्वीकृत गरेको निर्वाचन तालिकामा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ मा पेस गर्ने बताएको छ ।

कार्यतालिका संशोधन नभए अघिल्लो दिन असोज १ मै प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुने भन्दै आयोगले कार्यतालिकाका विषयमा संघीय संसद्का पदाधिकारीलाई अनौपचारिक जानकारीसमेत दिइसकेको जनाएको छ ।

गर्नुपर्ने काम अब ४० दिनभित्र गरिसक्नुपर्ने भएकाले आफ्नो कार्य गर्ने तयारी गरेको छ । प्रतिनिधिसभामा ३६ वटा विधेयक र राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा अड्किएका विधेयक १० वटा विचाराधीन छन् ।

दलहरूले समानुपातिकको बन्दसूची आयोगमा पेस गर्नेबित्तिकै उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मानिन्छ ।

संविधानको धारा ९१ को उपधारा ६ (क) मा सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनु अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहन सक्ने व्यवस्था छ ।

 


Thali Mobile Pvt.Ltd.