भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

‘जे पाक्छ त्यही बिक्छ’ अभियान: पर्यटनमार्फत लिम्चुङबुङ समृद्धिको खोजी (सूर्योदय/भिडियो)

‘जे पाक्छ त्यही बिक्छ’ अभियान: पर्यटनमार्फत लिम्चुङबुङ समृद्धिको खोजी (सूर्योदय/भिडियो)

गाउँ गाउँमा होम स्टे घरघरमा रोजगार दिने प्रतिवद्धता

  • दक्षिणतीर तराईका रमाइला फाँटहरु र पूर्व–पश्चिमतर्फ मनै लोध्याउने दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
  • सूर्योदय हुने स्थान मध्य उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अग्लो स्थान दोबाटेडाँडा एक हो ।
  • पहाडको टुप्पो र यहाँ बन्दै गरेको एभरेष्ट भ्यूटार पुगेपछि आनन्दको आभाष हुन्छ ।
  • ७२ फिट अग्लो भ्युटावरबाट सगरमाथा, नुम्बुर, महालंगुर, गौरीशंकर, जुगल लगायतका आठ हिमशृंखला देख्न सकिन्छ ।
  • गाउँ गाउँमा होम स्टे घरघरमा रोजगारीको नारालाई सार्थक बनाउन अनुदान सहितको व्यवस्था मिलाउने । 

रक्तिम दैलेखी / काठमाडाैं । सबैभन्दा सुन्दर नाता दुई आँखाको हुन्छ, एकैसाथ खुल्छ र बन्द हुन्छ, एकैसाथ रुन्छ र एकैसाथ सुत्छ, त्यो पनि जिवनभर एक अर्कोलाई देखेविना । हो, दर्शकवृन्द यस्तै दृश्यले भरिपूर्ण एक यस्तो ठाउँ जहाँ सूर्योदयलाई चन्द्रमाले स्वाग्त गरेको देखिन्छ अनि हिमालले घुम्टो उघार्दै झलललल हाँसिरहेको हुन्छ । यो तीन वटै दृश्य एकैसाथ देखिन्छ तर आँखाको जस्तै भेट कहिल्यै हुदैन ।

त्यही दृश्य भित्र लुकेको पर्यटकीय स्थलको उजागर गर्ने प्रयास गरिएको छ यो अंकमा । उदयपुर जिल्लाको लिम्चुङबुङ जहाँ सूर्योदय, हिमाल र चन्द्रमा एकसाथ साक्षात्कार गरिरहेको देख्न सकिन्छ । हुन त सूर्योदय हुने प्रक्रिया पृथ्वीको आफ्नो अक्षमा घुम्ने कारणले हुन्छ । जसले गर्दा सूर्य पूर्वमा उदाउँछ र पश्चिममा अस्ताउँछ । सूर्योदयको सही प्रक्रियालाई पृथ्वीको आफ्नो अक्षमा घुम्ने र सूर्यको वरिपरिको परिक्रमाद्वारा व्याख्या गर्न सकिन्छ ।

पृथ्वी एक अक्षमा घुम्छ जुन यसको कक्षीय समतल भागबाट लगभग २३.५ डिग्रीको कोणमा झुकेको हुन्छ । पृथ्वीले सूर्यको परिक्रमा गर्दा, ग्रहका विभिन्न भागहरू सूर्यको प्रकाशको विभिन्न मात्रामा पर्छन् । सूर्योदय हुँदा सूर्यको मुखमा रहेको पृथ्वीको भागले प्रत्यक्ष सूर्यको किरण प्राप्त गर्न थाल्छ । जबकि सूर्यबाट टाढा रहेको पृथ्वीको भाग अझै अँध्यारोमा रहेको हुन्छ र पृथ्वी घुम्ने क्रम जारी रहन्छ । ग्रहको उज्यालो र अँध्यारो पक्षहरू बीचको रेखा बिस्तारै पश्चिम तर्फ सर्दै जान्छ ।

जसले सूर्यको पूर्वमा उदाउँदो उपस्थिति सिर्जना गरिदिन्छ । सूर्य उदाउँदा, आकाशले प्रकाशको विभिन्न चरणहरू पार गर्दछ जुन विभिन्न रंगहरूमा परिणत हुन्छ । यसलाई प्रायः सूर्योदय रंगहरू भनिन्छ । सूर्य क्षितिज मुनि भएकोले सूर्यको प्रकाश परावर्तन हुनु अघि बढी वायुमण्डलबाट गुजर्नु पर्छ । नीलो र बैजनी जस्ता छोटो तरंगको प्रकाश हावाका अणुहरूद्वारा छरपष्ट हुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

सूर्योदय हुने शीर्ष स्थानमध्य एक लिम्चुङबुङः
नेपालमा सूर्योदय हुने शीर्ष १० स्थान मध्यको एक हो उदयपुर जिल्लाको लिम्चुङबुङ । गाउँपालिकास्थित दोबाटेडाँडाबाट विहानीको सूूर्योदय, बेलुुकाको सूूर्यआस्त मात्रै होइन ८ हजार मिटरका अग्ला हिमश्रृखलाको अवलोकन गर्न सकिन्छ । यो ठाउँ सूर्योदयको सुन्दर दृश्य देख्नका लागि मात्रै उत्कृष्ट छैन, पर्यटकीय रुपमा पनि प्रचुर सम्भावना बोकेको छ ।

पोखराको सराङकोट, काठमाडौं उपत्यकाको चिसापानी, भक्तपुरको रानीकोट, नगरकोट, सगरमाथा क्षेत्रको तेङ्गबोचे, काला पत्तथर, लाङटाङ क्षेत्रको गोसाइकुण्ड, अन्नपूर्ण क्षेत्रको पुनहिल, धम्पुस, मकवानपुरको दामन, सूर्योदयका लागि प्रख्यात भएपनि उदयपुर जिल्लाको लिम्चुङबुङबाट देखिने सूर्योदय सर्वोत्कृष्ट छ ।

मौसम र प्रदूषणबाट सूर्योदयको दृश्य प्रभावित हुने भएपनि अन्य क्षेत्रमा भन्दा यो क्षेत्रबाट सवैभन्दा कम प्रभाव हुने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको प्रमुख केन्द्र बन्ने पक्का छ । अन्य ठाउँहरुमा जाँदा पहिले नै मौसम पूर्वानुमान गरेर जानु पर्ने भएपनि लिम्चुङबुङबाट सूर्योदयको हेर्न खासै मौसम पूर्वानुमान गर्न पर्ने अवस्था नरहेको स्थानीयको भनाई छ ।

यो ठाउँ सूर्योदयका लागि मात्र प्रसिद्ध नभएर प्राकृतिक सुन्दरताल पनि भरिपूर्ण छ । पर्यटनका विभिन्न आयामहरुलाई ध्यान दिदैं गाउँपालिकाले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके स्वदेशी तथा विदेशीमाँझ बढी लोकप्रिय बन्ने निश्चित छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय ठाउँ भएकाले पनि सूर्योदयको निर्विकल्प स्थानका रुपमा दोबाटे रहेको छ ।

समुन्द्री सतहबाट २२ सय ४० मिटर उचाइमा रहेको यो स्थान जिल्लाकै सुन्दर सूर्योदय देखिने स्थानका रुपमा परिचित छ । लिम्चुङबुुङको स्पष्ट दृश्य खुल्ने स्थान भएकाले पनि यस ठाउँलाई सूूर्योदयका लागि उत्कृष्ट स्थानको रुपमा लिन सकिने जे पाक्छ त्यही बिक्छ अभियानका अभियान्ता रामसुन्दर बकेले बताए ।

सायद त्यही भएर पनि होला पहाडको टुप्पोमा रहेको सुन्दर दोबाटे फाँटमा गाउँपालिकाले एभरेष्ट भ्यूटावर निर्माण गरिरहेको छ । खुल्ला मैदानमा निर्माण हुन लागेको यो भ्यूटावर पुगेपछि जो कोहीलाई पनि धर्तीको स्वर्गमा पुगेको आभाष भरिदिने पर्यटन व्यवसायीको भनाइ छ ।

आठ हजार मिटर माथिका अग्ला हिमाल हेर्नका लागि पनि यो ठाउँ लोकप्रिय बन्ने कैलाश खबरका प्रबन्धक विनोद विश्वकर्माले बताए । यहाँबाट देखिने दृश्य र पर्यटकीय ऐतिहासिकता झल्काउँदै प्रचार प्रसारलाई प्राथमिकता दिने हो भने प्रदेश नं. १ कै विशिष्ट स्थानका रुपमा दोबाटे परिचित हुने प्राविधिक विमल विश्वकर्माले बताए ।

यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका तीन पाटा मध्य, दुईवटा पाटा मज्जाले देख्न सकिन्छ । यसको महत्व बुझेर गाउँपालिकाले प्रचारमा विशेष जोड दिने हो भने यहाँ थामि नसक्नुको पर्यटक भित्राउन सकिने पर्यटन व्यवसायी एवं अभियान्ता बकेको भनाइ छ ।

गाउँपालिकाकै अग्लो स्थानः
लिम्चुङबुङ गाउँपालिकाकै अग्लो स्थान दोबाटे भएको गाउँपालिका अध्यक्ष मेजर कुमार राईले बताए । यो डाँडाबाट तराईका फाँटहरु सहजै देख्न सकिने र विश्वकै अग्ला हिमचुचुराहरु हाँसिरहेको दृश्य दोबाटेबाट देखिने प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङ्गले बताए ।

पर्यटकीय महत्व उजागर गर्न यहाँ बन्दै गरेको ‘एभरेष्ट भ्युटावर’ दोबाटेडाँडामा ठिङ्ग उभिने मात्रै होइन, बहुआयामिक र बहुउदेश्यीय प्रयोजनका रुपमा प्रयोग गर्ने सोच गाउँपालिकाले बनाएको उपाध्यक्ष पुष्पलाल राईले बताए ।

७२ फिट अग्लो भ्युटावर निर्माण सम्पन्न गर्न चुनौती भएपनि यहाँबाट देखिने सर्वोच्च शिखर सगरमाथा, नुम्बुर, महालंगुर, गौरीशंकर, जुगल लगायतका आठ वटा हिमशृंखला, दक्षिणतर्फ तराईका रमाइला फाँटहरु र पूर्व–पश्चिमतर्फका मनै लोध्याउने दृश्यहरुको सहजै अवलोकन गर्न सकिने वडा नं. १ का अध्यक्ष जनदिप थापा मगर, वडा नं. २ का अध्यक्ष जितेन्द्र राई, वडा नं. ३ का अध्यक्ष गुरुमणि कुमाई, वडा नं. ४ का अध्यक्ष छत्र बहादुर राई र वडा नं. ५ का अध्यक्ष कबिचन्द्र राईले बताए ।

यदि गाउँपालिकाले पर्यटनको महत्व बुझेर अझ व्यवस्थित बनाउने हो भने यहाँ भारत र चीनबाट पनि हजारौं पर्यटक आउन सक्ने सम्भावना रहेको कैलाश खबरका सम्पादक रक्तिम दैलेखीले बताए । दृश्यका लागि मात्र नभएर जडीबुटी तथा वनस्पतीको हिसावले पनि लिम्चुङबुङले धनी रहेको लेखा अधिकृत तारा किरण राईले बताए ।

औषधिय विशिष्ट गुण बोकेको वनस्पती लिम्चुङबुभ भएकाले गाउँपालिकाको नाम नै त्यही वनस्पतिबाट राखिएको कम्प्युटर अपरेटर बिपन राईले बताए । सायद बनस्पतीको नामबाट गाउँपालिकाको नाम राख्ने नेपालको एक मात्र गाउँपालिका होला लिम्चुङबुङ । साबिकको सुनकोशी गाउँपालिका भएपनि स्तानीय सरकार संचालन एन २०७४ अनुसार गाउँपालिकाको नाम फेरिनु पनि सफल्ता नै मान्नु पर्छ ।

सुन्दर र सेताम्य हिमालका दृश्य अनि विशिष्ट गुण बोकेको वनस्पती र तराईका रमाइला फाट हेर्न आउने पर्यटकलाई यहाँको साँस्कृतिक पहिचान झल्काउने नृत्य र सस्कार सस्कृतिलाई पस्किने योजना रहेको स्थानीय गन्जु शेर्पाले बताए ।

हो यहाँको भ्यूटावर र पर्यटक सूचना केन्द्र निर्माण सम्पन्न भए पर्यटकले बेग्लै मज्जा मात्रै लिने छैनन्, यहाँको सास्कृतिक परमपरालाई विश्वसामु पु¥याउने निश्चित छ । दोबाटे डाँडाको सुन्दरतालाई क्यासमा परिणत गर्न पर्यटनलाई अभिन्न अंग बनाएर गाउँपालिका अघि बढ्ने हो भने जनप्रतिनिधिको कार्यकाल पनि सफल हुनेछ ।

यसका लागि अध्यक्ष मेजर राईले पहल थाल्न जरुरी छ । सम्भाव्यत्ता अध्यनमा निस्किएको जेपाक्छ त्यही बिक्छ अभियान र कैलाश खबरको टिमलाई आत्मीय सत्कार र सास्कृतिक झाकी, नृत्यले गरिएको स्वागतले पनि लिम्चुङबुङ सास्कृतिक पहिचानको केन्द्र नै हो भन्न सकिन्छ ।

त्यो सास्कृतिक धरोहरलाई पर्यटनसंग जोडेर लैजाने हो भने स्थानीयको आयआर्जनमा पनि थप टेवा पु¥याउने निश्चित छ । अर्थतन्त्रको बलियो खम्बा हो पर्यटन व्यवसाय, यो व्यवसायका निम्ति राज्यले पनि व्यवसायीलाई उत्साहित गर्नै पर्छ र पर्यटनबाट नेपालको समृद्धि खोजिनु पर्छ । यसमा राज्यले ध्यान दिनै पर्छ । गाउँ गाउँमा होम स्टे घरघरमा रोजगारको नारालाई सार्थकतामा पु¥याउने हो भने, कुनै पनि नेपाली गरिब बन्ने छैनन् भन्दा अतियुति नहोला । अझ होम स्टे प्रवद्धन गर्न राज्यले अनुदान सहितको व्यवस्था मिलाउने हो भने, संसारकै धनी मुलुका रुपमा नेपाल चिनिने पक्का छ । यसमा सरोकारवालाको ध्यान जान जरुरी छ । (सम्पादकः पर्यटकीय सम्भाव्यता अध्यन स्थलबाट कैलाश खबरका लागि रक्तिम दैलेखीको रिर्पोट)

 


Thali Mobile Pvt.Ltd.