भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

झडपमा ११ प्रहरी घाइते, लखेट्न थालेपछि प्रतिकार गरेको स्थानीयको भनाइ

झडपमा ११ प्रहरी घाइते, लखेट्न थालेपछि प्रतिकार गरेको स्थानीयको भनाइ

सिन्धुली । कमलामाई नगरपालिका २ पिपलभन्ज्याङमा प्रहरी र स्थानीयबीचन झडप भएको छ । वीपी राजमार्ग खुलाउन प्रहरीले बन्दकर्तालाई लखेट्न खोजेपछि दोहोरो झडप भएको स्थानीयले बताएका छन् ।

झडपमा परी ११ जना प्रहरी घाइते भएका छन् । अहिले उनीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाइते ३ जनालाई गम्भीर चोट लागेको छ । झडप हुँदा रोकी राखेका केही सवारी साधनमा क्षति पुगेको छ ।

बन्दकर्ताले ढुङ्गा, खाली बोतल र दाउरा प्रहार गरिरहेका छन् भने प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको छ । बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको मृत्यु भएपछि स्थानीयले कारबाहीको माग गर्दै बिहानैदेखि सडक अवरुद्ध गरेका थिए ।

झडप रोक्न र अवरुद्ध राजमार्ग खुलाउन प्रहरी पुग्दा झडप भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

 


Thali Mobile Pvt.Ltd.