भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

मिल्यो उपमहानगर भागबण्डा, कसले कति पाए ?

मिल्यो उपमहानगर भागबण्डा, कसले कति पाए ?

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय चुनावमा उपमहानगरको भागबण्डा सत्ता गठबन्धनले टुंग्याएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपमहानगरको भागबण्डा पनि टुंगो लगाएको हो ।

११ उपमहानगरमाध्ये कांग्रेसलाई सात, माओवादीलाई दुई, एकीकृत समाजवादी र जनता समाजवादीलाई एक–एक मेयर दिने सहमति भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

कसलाई कहाँ प¥यो ?

कांग्रेसः धरान, इटहरी, कलैया, तुलसीपुर, बुटवल, नेपालगञ्ज र धनगढी उपमहानगर दिने सहमति भएको छ ।
माओवादी केन्द्रः जितपुर सिमरा र घोराही उपमहानगरपालिका प्रमुख दिने समहमति भएको छ ।

एकीकृत समाजवादीः हेटौंडा उपमहानगरपालिका प्रमुख दिने समहमति भएको छ ।
जनता समाजवादीः जनकपुर उपमहानगरपालिका प्रमुख दिने समहमति भएको छ ।

महानगरको सिट बाँडफाड भने गठबन्धनले मंगलबार नै टुंगो लगाएको थियो । काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.