टाइफाइडविरुद्धको खोप देशभरका बालबालिकालाई लगाइने

टाइफाइडविरुद्धको खोप देशभरका बालबालिकालाई लगाइने

काठमाण्डौ ( देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । सरकारले चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको हो । बालबालिकालाई खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने लगायत प्राविधिक तयारीका काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियानपछि टाइफाइडविरुद्धको खोपलाई पनि नियमित खोप कार्यक्रममा नै समेट्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

टाइफाइडविरुद्धको दुई लाख भायल खोप भारतबाट आएको छ भने थप खोप पनि ल्याउने तयारी मन्त्रालयले गरेको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.